Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेमा छायो हरियाली, यस्तो छ आजको कारोबार...

सेयर बजारः नेप्सेमा छायो हरियाली, यस्तो छ आजको कारोबार...

  • बुधवार, जेठ ९ २०८१

  • 777
    SHARES

  • सेयर बजारः नेप्सेमा छायो हरियाली, यस्तो छ आजको कारोबार...

    काठमाडौं। सेयर बजार परिसुचक नेप्सेमा आज हरियाली छाएको छ। साताको चौथो कारोबार दिन आज नेप्सेमा दोहोरो अंक १५ दशमलव ५४ अंकले बढेर २१३१ दशमलव ४९ को विन्दुमा पुगेको छ।

    आज ३१८ कम्पनीका ७८ हजार ५१ पटकको कारोबारमा १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर खरिद बिक्री भएको छ। जसमा कारोबार रकम भने ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार ९१२ रुपैयाँ रहेको छ।

    त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०६ अंकले बढेर ३८२ दशमलव ६७ को विन्दुमा पुगेको छ। आज बैंकिङ उपसमूहको परिसूचक सर्वाधिक ४ दशमलव २३ प्रतिशतले बढेको छ भने, होटेल एण्ड टुरिजमको १ दशमलव ९० प्रतिशतले बढेको छ।

    त्यस्तै, म्युचुअल फण्डको ० दशमलव ३६ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको ० दशमलव ३३ प्रतिशतले बढेको छ। नौ उपसमूहहरू राताम्मे भएका छन्।

    जसमा सर्वाधिक गुमाउनेमा फाइनान्स इन्डेक्स रहेको छ भने दोस्रोमा माइक्रो फाइनान्स इन्डेक्स रहेका छ। यसर्थ, आज नौ उपसमूहहरू राताम्मे भएका छन् भने ४ उपसमूहमात्रै हरियाली भएका छन् ।


    बुधवार, जेठ ९ २०८१०३:४६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij