Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः नेप्सेको ओरालो यात्रा जारी, बजार राताम्मे

सेयर बजारः नेप्सेको ओरालो यात्रा जारी, बजार राताम्मे

  • बिहिवार, जेठ १७ २०८१

  • 698
    SHARES

  • सेयर बजारः नेप्सेको ओरालो यात्रा जारी, बजार राताम्मे

    काठमाडौं। सेयर बजार परिसूचक नेप्सेको ओरालो यात्रा आज पनि जारी नै रहेपछी बजार राताम्मे बनेको छ। आज नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९.५३ मा सीमित भएको छ।

    आज सेन्सेटिभ इन्डेक्स ३.९० अङ्कले ओरालो लागेर ३७० दशमलव १९ मा सीमित भएको छ। कुल ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर चार अर्ब २१ करोड ७४ लाख ९४ हजार १९५ मूल्यमा कारोबार भएको हो।

    आज नेपाल फाइनान्स, अप्पर लाहुरेखोला हाइड्रोपावर, भगवती हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।मनकामना इन्जिनियरिङ ९.९८ र युनिलिभर नेपालका लगानीकर्ताले ९.५० प्रतिशतले कमाएका छन्।

    पोखरा फाइनान्स १०, कालिञ्चोक दर्शन ७.०८, वाराही हाइड्रोपावर ६.७४, नेपाल वेयरहाउस कम्पनी ५.९६ र कालिका लघुवित्तका लगानीकर्ताले ५.८२ प्रतिशतले गुमाएका छन् ।


    बिहिवार, जेठ १७ २०८१०४:३०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij