Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेकपाका युवा नेता भन्छन्, ‘नेतृत्वको कार्यशैलीले चरम निराशा पैदा भयो’

नेकपाका युवा नेता भन्छन्, ‘नेतृत्वको कार्यशैलीले चरम निराशा पैदा भयो’

  • शनिवार, कार्तिक १५ २०७७

  • 1.3K
    SHARES

  • नेकपाका युवा नेता भन्छन्, ‘नेतृत्वको कार्यशैलीले चरम निराशा पैदा भयो’

    काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उदीयमान नेताहरुमा पार्टी नेतृत्वको कार्यशैलीप्रति चरम निराशा पैदा भएको छ।

    जनताप्रतिको उत्तरदायीत्व बिर्सेर सत्ता र कुर्सीकै लागि लुछाचँुडी गर्न थालेपछि पार्टी नेतृत्व तहमा रहेका नेताहरुसँग नयाँ पुस्ताका नेताहरुले चरम असन्तुष्टिसँगै निराशा प्रकट भएको बताएका हुन्।

    नेकपाकी नेतृ रामकुमारी झाक्रीले सरकार र पार्टीले गतिलो काम गर्न नसकेपछि नेपालमा सामाजिक निराशाले डरलाग्दो रुप धारण गरेको बताउनुभयो।

    राजनीतिमा लागेका आफूहरुले निराशावादी हुन नमिल्ने भएपनि सामाजिक निराशाले सीमा नाघेपछि भने अत्यन्त चिन्ता थपेको उहाँले बताउनुभयो।

    नेकपाका अर्का युवा नेता ठाकुर गैरेलाई पनि पार्टी नेतृत्वले बाटो बिराइरहेको अनुभूति हुन थालेको छ । अपेक्षा अनुसार सरकार र पार्टीले काम गर्न नसकेपछि आफूहरुमा निराशा पैदा भएको उहाँले बताउनुभयो।

    तर नैराश्यतालाई पराजित गरी आशावादी भएर हिँड्नुको विकल्प नभएको उहाँले बताउनुभयो।

    नेपालमा स्थिर सरकार नभएका कारण विकासले गति लिन नसकेको बताउँदै नेकपाले आफूहरुलाई बहुमत दिएर स्थायी सरकार निर्माण भए जनताको विकासको चाहना पूरा गर्ने चुनावी प्रतिवद्धता जनाएको थियो।

    सोही बमोजिम नागरिकले पनि नेकपालाई झण्डै दुई तिहाई बहुमत दिएर स्थिर सरकारको जनादेश दिए । तर सत्तामा पुगेसँगै नेकपाका नेताह चुनावी प्रतिवद्धता पूरा गर्नेमा भन्दा आन्तरिक विवादमै झगडा गरेर समय बिताउन थाले।

    अब पार्टी नेतृत्वको सुध्रिएर अघि नबढ्ने हो भने जनतामा थप नैराश्यता श्रृजना हुने नेतृ रामकुमारी झाक्रीले बताउनुभयो।

    नेपालमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारसँग नागरिकका कैयौँ अपेक्षा थिए । तर समय बित्दै जाँदा नागरिकहरु अब ओली सरकारको कायैशैलीलाई पनि हात्ति आयो हात्ति आयो फुस्सा भन्ने उखानसँग जोड्न थालेका छन्।

    तर प्रधानमन्त्री ओली आफ्ना हरेक भाषणमा ‘विकासले छलाङ मारिसक्ने थियो कोरोनाले रोक्यो’ भन्न छुटाइरहनुभएको छैन।


    शनिवार, कार्तिक १५ २०७७०७:१५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij