Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

यी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

यी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

  • मंगलवार, जेठ २२ २०८१

  • 1.9K
    SHARES

  • यी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ ।
     
    महाशाखाका अनुसार  देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । बागमती, मधेस, कोशी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
     
    आज दिउँसो बागमती, मधेस, कोशी र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
     
    बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
     
    आज राति भने मधेश, कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।


    मंगलवार, जेठ २२ २०८१०६:२३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij