Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा ४.५९ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

सेयर बजारमा ४.५९ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

  • आइतवार, जेठ २७ २०८१

  • 723
    SHARES

  • सेयर बजारमा ४.५९ अंकको गिरावट, कारोबार रकम भने बढ्यो
    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ।  नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा पुगेको हो।
     
    सेन्सेटिभ इण्डेक्स ०.५८ प्रतिशतले घटेर ३६८.१८ विन्दुमा कायम भएको छ। नेप्से घटेपनि शुक्रबारको तुलनामा कारोबार रकम वृद्धि भएको छ। शुक्रबार ४ अर्ब ३८ करोड मूल्य बराबरको कारोबार भएको थियो। गत साताको चौथो कारोबार दिन बुधबारदेखि नेप्से निरन्तर घट्दै आएको हो।
     
    यसदिन ३१३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले गिरावट आएको सेयर बजारमा ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
     
    इस्टर्न हाइड्रोपावर,शुभम्  पावर,सिटी होटेल र कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर ९.९९ प्रतिशतले बढ्यो। यसदिन  बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।
     
    कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३२ करोड मूल्य बराबरको सेयर कारोबार भयो। सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको २१ करोड,सिटी होटेलको १३ करोड,पोखरा फाइनान्सको १२ करोड र हाथवेको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
     
    पाँच वटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका  छन्। होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक २.९२ प्रतिशतले बढ्यो। यसैगरी हाइड्रोपावरको ०.९६, इन्भेस्टमेन्टको ०.४३ र मनु एन्ड प्रोको ०.५० प्रतिशतले उपसूचक बढेको हो। कारोबारमा आएका ९७ वटा कम्पनीको मूल्य बढ्दा १४७ वटाको मूल्य ओरालो लाग्यो।


    आइतवार, जेठ २७ २०८१०३:५२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij