काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले आज काठमाडौंमा सरकार विरुद्ध प्रदर्शन गरेको छ ।
आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।
षड्यन्त्रपूर्वक नेताहरुमाथि धरपकड गरेको, यातना दिने र झुठा मुद्दा लगाउने काम सरकारले गरेको भन्दै नेविसंघले आरोप लगाएको छ ।
नेविसंघका कार्यकर्ताहरुले काठमाडौंको भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले कोरोनापीडित जनताको उपचारका लागि सरकार उदाशिन देखिएको आरोपसमेत लगाएका छन् ।
प्रदर्शनमा सहभागीहरुले ‘जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन, भ्रष्ट सरकार चाँहिदैन’, ‘अधिनायकवादको सरदार, केपी ओलीको सरकार’, ‘झुठा मुद्दा खारेज गर’ भन्दै नाराबाजी गरेका थिए ।