Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंसहित केही ठाउँमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौंसहित केही ठाउँमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?

  • सोमवार, आषाढ ३ २०८१

  • 1.5K
    SHARES

  • काठमाडौंसहित केही ठाउँमा वर्षा, कस्तो रहला दिनभरको मौसम ?
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । यस्तै, बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव छ ।
     
    अहिले काठमाडौं उपत्यकासहित देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो ।
     
    महाशाखाका अनुसार आज दिउँसो बागमती, कोशी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
     
    बागमती, कोशी, र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
     
    यसैगरी, आज राति बागमती, कोशी, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।
     


    सोमवार, आषाढ ३ २०८१०६:२९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij