Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

फणीन्द्र देवकोटाको रिटमा यस्तो आयो आदेश

फणीन्द्र देवकोटाको रिटमा यस्तो आयो आदेश

  • सोमवार, आषाढ १० २०८१

  • 1.1K
    SHARES

  • फणीन्द्र देवकोटाको रिटमा यस्तो आयो आदेश
    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको पक्षमा आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्ने निर्णय सुनाएको हो । 
     
    सर्वोच्चको यो आदेशपछि उनीमाथि माओवादी केन्द्रले गरेको कारबाही कार्यान्वयनमा रोक लागेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिन उहाँले फ्लोर क्रस गर्नुभएको थियो । फ्लोर क्रस गरेर नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिएपछि आफ्नो निर्वाचन चिह्नबाट उठेको उम्मेदवार आफ्नो  संसदीय दलको सदस्य भएको र दलले जारी गरेको ह्विप उल्लंघन गरेको भन्दै माओवादीले कारबाही गरेको थियो ।  
     
    उहाँ गोरखा निर्वाचन क्षेत्र २ को १ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएको थियो । माओवादीको निर्वाचन चिह्न लिएर उठे पनि उहाँले आफू नेपाल समाजवादी पार्टीको उम्मेदवार भएकाले स्वतन्त्र हुने दाबी गर्दै आउनुभएको थियो । उहाँले यही कारण आफूले मन लागेको मुख्यमन्त्रीको उम्मेदवारलाई मत दिन पाउने तर्क गर्दै आउनुभएको थियो । 
     
    यही तर्क सर्वोच्चको रिटमा पनि उहाँले गर्नुभएको थियो । सर्वोच्चको यो आदेशपछि उहाँको सांसद पद जोगिएको छ भने माओवादीको कारबाही फैसला नभएसम्मका लागि रोक लागेको छ । 
     
     


    सोमवार, आषाढ १० २०८१०३:४८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij