Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्ड कांग्रेस मुख्यालय सानेपामा

प्रधानमन्त्री प्रचण्ड कांग्रेस मुख्यालय सानेपामा

  • मंगलवार, आषाढ १८ २०८१

  • 2.9K
    SHARES

  • प्रधानमन्त्री प्रचण्ड कांग्रेस मुख्यालय सानेपामा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस मुख्यालय सानेपामा पुग्नुभएको छ ।

    पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड त्यहाँ पुग्नुभएको हो ।

    कांग्रेस र एमालेबीच सहमति भएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री एउटै कार्यक्रममा देखिनुभएको हो । हिजो मध्यराती प्रचण्ड नेतृत्वको सरकार ढालेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो।

    prachand-deuba-1-e1719907974216.jpg

    पूर्वसभापति कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा कांग्रेसले फोटो प्रदर्शनी पनि गरेको छ। कार्यक्रममा एमालेका अध्यक्षसहित शीर्ष नेताहरू पनि पुगेका छन्।


    मंगलवार, आषाढ १८ २०८१०२:०७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij