Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

च्याम्पियन्स लिग : साविक विजेता बायर्न साल्जवर्गसँग भिड्दै

च्याम्पियन्स लिग : साविक विजेता बायर्न साल्जवर्गसँग भिड्दै

  • मंगलवार, कार्तिक १८ २०७७

  • 1.4K
    SHARES

  • च्याम्पियन्स लिग : साविक विजेता बायर्न साल्जवर्गसँग भिड्दै

    एजेन्सी – डिफेन्डिङ च्याम्पियन (साविक विजेता) जर्मन क्लब बायर्न म्युनिखले आज राति च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा अष्ट्रियन क्लब साल्जवर्गको सामना गर्दैछ ।

    बायर्न र साल्जवर्गबीचको खेल रेडबुल एरिना वाल्समा राति १ः४५ बजे हुनेछ ।

    यी दुई टोली २०१४ पछि पहिलोपटक खेल्न लागेका हुन् । २०१४ मा भएको मैत्रीपूर्ण खेलमा साल्जवर्ग ३–० ले विजयी भएको थियो । यही समूह ‘ए’ को अर्काे खेलमा रसियन क्लब लोकोमोटिभ मस्को र स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडबीच राति ११ः४० बजे प्रतिस्पर्धा हुदैछ । एथ्लेटिको लोकोमोटिभलाई हराउदै अर्काे चरण प्रवेशलाई थप मजबुत बनाउने दाउमा हुनेछ ।

    यो समूहमा बायर्न ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । एथ्लेटिको ३ अंकसहित दोस्रो तथा साल्जवर्ग र लोकोमोटिभले समान १–१ अंक जोडेका छन् ।

    त्यसैगरी, आज राति नै हुने अन्य खेलमा युक्रेनी क्लब साख्तर डोनेट्कले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकको सामना गर्नेछ । यो खेल ११ः४० मा हुनेछ । साथै, १ः४५ हुने खेलमा रियल म्याड्रिडले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।


    मंगलवार, कार्तिक १८ २०७७०७:०७:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij