Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मनसुन न्यून चापीय रेखा दक्षिणतिर सर्दै, वर्षाको मात्रामा केही कमी आउने

मनसुन न्यून चापीय रेखा दक्षिणतिर सर्दै, वर्षाको मात्रामा केही कमी आउने

सम्भावित जोखिमप्रति सचेत रहन आग्रह
  • सोमवार, आषाढ २४ २०८१

  • 1.5K
    SHARES

  • मनसुन न्यून चापीय रेखा दक्षिणतिर सर्दै, वर्षाको मात्रामा केही कमी आउने
    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नेपाल नजिक रहेको मनसुन न्यून चापीय रेखा आजदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने जनाएको छ । योसँगै नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ।
     
    अहिले देशभर साधारणतया बदली रहेको छ । काठमाडौंसहित मुलुकका विभिन्न भागहरूमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ ।
     
    महाशाखाका अनुसार अझै केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
     
    मधेश, बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
     
    आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
     
    वर्षाको कारण भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
     
    महाशाखाले खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सचेतता तथा पूर्व तयारी अपनाउन सबैमा अनुरोध गरेको छ।


    सोमवार, आषाढ २४ २०८१०६:३४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij