Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

ओलीको मीठो षडयन्त्र बुझ्न सकिएन : प्रधानमन्त्री प्रचण्ड

ओलीको मीठो षडयन्त्र बुझ्न सकिएन : प्रधानमन्त्री प्रचण्ड

  • शुक्रवार, आषाढ २८ २०८१

  • 1.1K
    SHARES

  • ओलीको मीठो षडयन्त्र बुझ्न सकिएन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको षड्यन्त्र आफूले बुझ्न नसकेको बताउनुभएको छ ।

    कांग्रेससँग असमझदारी भएर नभई सरकारको गति बढाउने हुटहुटी, अनि वाम एकताको भावुक बहकाउमा लगेर एमालेसँग गठबन्धन गरेको उहाँले बताउनुभयो ।

    तर त्यो षड्यन्त्र रहेछ भन्ने ढिलो मात्र थाहा पाएको आफ्नो आजको अवस्था, १० पुसमा कांग्रेस सभापति शेरबहादुर देउवाको जस्तै भएको प्रचण्डले बताउनुभयो ।

    कांग्रेस र एमालेले १७ पुसमा नयाँ सरकार गठन गर्ने सहमति गरेका थिए । यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षमता–कला तारिफ गर्न लायक रहेको उहाँले बताउनुभयो । ओली बराबर अरु कोही नभएको भन्दै उहाँले भन्नुभयो, ‘मलाई राम्रो फकाउनुभयो, वामपन्थी मिल्नुपर्छ । कांग्रेस को हो धेरैधेरै । म मान्छे यस्तै, अलिअलि सेन्टिमेन्टल, भावुक, मिठो गरी भनेपछि विश्वास गर्ने ।’

    ‘वामपन्थी नै परेँ, कम्युनिस्ट एकता गरौं, पश्चिम बंगाल जस्तो भइन्छ अर्को चुनावमा त भनेपछि हो त नि भन्ने लाग्यो’ उहाँले अगाडि भन्नुभयो, ‘जसलाई मैले वाम सेन्टिमेन्ट ठानेको थिएँ, त्यो षड्यन्त्र रहेछ भन्ने थाहा पाउन ढिलो गरेँ ।’

    उहाँले ओलीतर्फ संकेत गर्दै भन्नुभयो, ‘केही मान्छेहरु कहिल्यै पनि कुन्ठा र प्रतिशोधबाट निस्कन सक्दैनन् भनेर मैले हिसाब नै गर्न सकिनँ ।’


    शुक्रवार, आषाढ २८ २०८१०२:०४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij