Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

त्रिशूलीमा बेपत्ता भएका यात्रुमध्ये पाँच जनाको शव फेला

त्रिशूलीमा बेपत्ता भएका यात्रुमध्ये पाँच जनाको शव फेला

  • आइतवार, आषाढ ३० २०८१

  • 645
    SHARES

  • त्रिशूलीमा बेपत्ता भएका यात्रुमध्ये पाँच जनाको शव फेला

    काठमाडौं । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीन जनाको परिचय खुलेको छ ।

    प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साहको शव भेटिएको हो । भेटिएका मध्ये दुई जनाको परिचय खुल्न बाँकी छ ।

    काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शनिबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

    गौरतर्फ गइरहेको बसमा ३८ जना र काठमाडौँतर्फ आईरहेको बसमा सवार २७ जना बेपत्ता भएका थिए ।


    आइतवार, आषाढ ३० २०८१०१:२१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij