Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पक्का, सिंह रक्षामन्त्री बन्दै

विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पक्का, सिंह रक्षामन्त्री बन्दै

  • आइतवार, आषाढ ३० २०८१

  • 4.8K
    SHARES

  • विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पक्का, सिंह रक्षामन्त्री बन्दै

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक–एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

    एमालेबाट विष्णु पौडेलसहित उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव योगेश भट्टराई, विद्या भट्टराई, दीपा शर्मा, तारा लामा तामाङ, सूर्य थापा, जुली महतो, ऋषिकेश पोखरेललगायत मन्त्री बन्ने चर्चा भएपनि अध्यक्ष ओलीले केही बताइसकेका छैनन् । एमालेबाट मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको एमाले नेताहरूको भनाइ छ ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले परिणाम दिन सक्नेलाई पार्टीले सरकारमा मन्त्री बनाउने बताउनुभयो । नेपाली कांग्रेसको समर्थनमा गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ ।

    कांग्रेसबाट उपप्रधानमन्त्रीसहित प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ । प्रकाशमान सिंह रक्षा मन्त्री बन्नुहुने भएको छ ।

     


    आइतवार, आषाढ ३० २०८१०५:०९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij