काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेल लेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम आज बिहान बंगलादेश प्रस्थान गरेको हो ।
ढाका जाने टिममा ८ नयाँ खेलाडी रहेका छन् । टिमका महत्वपूर्ण केही सदस्य भने कोरोना भाइरस संक्रमण देखिएपछि बंगलादेश जान पाएनन् ।
यस्तै चोटका कारण नियमित सदस्य रोहित चन्द समेत ढाका गएका छैनन् । नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार नै विदाइ गरेको थियो ।