Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको मौसम: सातवटै प्रदेशमा वर्षाको सम्भावना, यी क्षेत्रमा भारी हुने छ भारी वर्षा

आजको मौसम: सातवटै प्रदेशमा वर्षाको सम्भावना, यी क्षेत्रमा भारी हुने छ भारी वर्षा

  • सोमवार, श्रावण २१ २०८१

  • 1.2K
    SHARES

  • आजको मौसम: सातवटै प्रदेशमा वर्षाको सम्भावना, यी क्षेत्रमा भारी हुने छ भारी वर्षा
    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।
     
    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 
     
    कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
     
    क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।


    सोमवार, श्रावण २१ २०८१०६:२३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij