Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा तीव्र गिरावट

सेयर बजारमा तीव्र गिरावट

  • मंगलवार, श्रावण २२ २०८१

  • 703
    SHARES

  • सेयर बजारमा तीव्र गिरावट

    काठमाडौं । मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ । एक महिना यता लगातार बढेर झण्डै २८ सयको विन्दु नजिक पुगेको बजारमा मंगलबार एकाएक १४५ अंकले गिरावट आउँदै २६५१ अंकमा झरेको हो ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार समग्रमा नेप्से ५.१८ प्रतिशतले बजार खस्किएको छ । तथापि यसदिन २३ अर्ब ७१ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

    २३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ । मंगलबार हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    मंगलबार १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।


    मंगलवार, श्रावण २२ २०८१०३:३६:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij