Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेयरमा जालसाजी गर्नेलाई सजाय बढाइँदै

सेयरमा जालसाजी गर्नेलाई सजाय बढाइँदै

  • आइतवार, भाद्र २ २०८१

  • 620
    SHARES

  • सेयरमा जालसाजी गर्नेलाई सजाय बढाइँदै

    काठमाडौं । सेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गर्नेलाई जरिवाना बढाइने भएको छ । धितोपत्र सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा सो प्रस्ताव गरिएको छ । यो विधेयक संसदमा दर्ता भएको छ ।

    दर्ता भएको विधेयकमा इन्साइडर ट्रेडिङमा दोषी देखिए बिगो बमोजिमको जरिवाना वा तीन वर्षसम्म कैद सजाय वा दुवै सजायको व्यवस्था गरिएको छ । हाल भने बिगो बमोजिमको जरिवाना वा एक वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।

    कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिन्छ ।

    त्यस्तै हुँदै नभएको वा कृत्रिम वा झुठो कारोबार गरी, गराई धितोपत्रको मूल्य स्थिर गराएमा, बढाएमा, घटाएमा मूल्यमा उतारचढाव गराएको ठहरिने छ । यसरी मूल्य उतारचढाव गराएको अवस्थामा पनि बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिमको जरिबाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय र बिगो नखुलेमा ५ लाखदेखि ५० लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

     


    आइतवार, भाद्र २ २०८१०२:१२:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij