आयरल्याण्ड। प्रवासी नेपाली मञ्च आयरल्याण्डको राष्ट्रिय कमिटी अध्यक्षमा जङ्ग अधिकारी चयन हुनुभएको छ। शुक्रबार (आज) सम्पन्न तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
मञ्चको उपाध्यक्षमा बिरेन्द्र अधिकारी र सचिवमा मुकुन्द भुसाल चयन हुनुभएको छ। प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा आयरल्याण्ड इन्चार्ज सरस्वती केसीको प्रमुख आतिथ्यता र निबर्तमान उपाध्यक्ष चेतराज ओलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
अधिबेशनले पुर्ब अध्यक्ष वसन्त न्यौपानेलाई सल्लाहकार चयन गरेको छ ।सदस्यहरुमा चेतराज ओली, भगवती लामिछाने, राजकुमार शर्मा, राज न्यौपाने, लक्ष्मी ओली, शुसिला त्रिपाठी न्यौपाने, शोभाना पन्त अधिकारी, तेजु ज्ञवाली, चन्द्रकला निरौला र दिपक बोहोरा चयन हुनुभएको छ।
प्रवासी नेपाली मञ्च नेकपा एमालेको विदेश बिभाग अन्तरगतको भातृ सङ्गठन हो । आयरल्याण्डमा करिब ४ हजारको संख्यामा नेपालीहरुको बसोबास छ ।