Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेप्से २५ अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार

नेप्से २५ अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार

  • मंगलवार, कार्तिक ६ २०८१

  • 997
    SHARES

  • नेप्से २५ अंकले बढ्यो, ४ अर्ब बढीको कारोबार
    काठमाडौं । लगातार दुई दिनदेखि घटेको नेप्से परिसूचक मंगलबार(आज) दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक २५.८८ विन्दुले बढेर २६६५.८१ अंकमा आइपुगेको छ। 
     
    यसदिन ३१४ कम्पनी को १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर ४ अर्ब १७ करोड १६ लाख ६५ हजार ६१९ रुपैयाँमा खरिदबिक्री भए। सबै समूहका उपसूचक बढेका छन्। १७ करोड ३२ लाखभन्दा कारोबारसहित गुडविल फाइनान्स अग्रस्थानमा आएको छ। 
     
    यसैगरी दोस्रो र तेस्रो स्थानमा क्रमशः कुमारी बैंक र हिमालयन रिइन्सुरेन्स परेका छन्। 
     
    आज १९९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४० वटा कम्पनीको सेयर  मूल्य घटेको छ । ५ वटा कम्पनीको सेयर  मूल्य भने स्थिर रहेको छ ।
     
    आज १३ वटा समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.०३ प्रतिशतले बढेर ३ हजार २८४.३५ विन्दुमा पुगेको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.२७ प्रतिशतले बढेर २१.१९ विन्दुमा पुगेको छ । 
     
    त्यस्तै, वाणिज्य बैंक समूह ०.६८ प्रतिशतले, विकास बैंक १.२५, होटेल एण्ड टुरिजम ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.१४, लघुवित्त ०.६६, निर्जीवन बीमा ०.६१, अन्य समूह १.०२ प्रतिशतले र ट्रेडिङ समूह ०.९० प्रतिशतले बढेको छ ।


    मंगलवार, कार्तिक ६ २०८१०३:५३:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij