Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

के मन्त्री बन्ने बाटो खुलेकै हो वामदेवको ?

के मन्त्री बन्ने बाटो खुलेकै हो वामदेवको ?

  • बुधवार, कार्तिक २६ २०७७

  • 1.0K
    SHARES

  • के मन्त्री बन्ने बाटो खुलेकै हो वामदेवको ?

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद सदस्य हुनका लागि योग्यताको प्रश्न उठाउँदै दायर रिटमा गौतमको पक्षमा फैसला सुनाएको हो ।

    त्यस्तै, उनलाई मन्त्री बन्नबाट रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । तर, संवैधानिक इजलाशले त्यस्तो आदेश दिन पनि अस्वीकार गरेको छ ।

    संवैधानिक इजलाशको यो आदेशसँगै गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र थप संवैधानिक जिम्मेवारी लिनका लागि बाटो खुलेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले बताउनुभयो ।

    यसअघि सर्वोच्च अदालतले उहाँको नियुक्ति यथास्थितिमा राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो । तर, संवैधानिक इजलाशले भने अन्तरिम आदेश नहुने फैसला गरेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशले गौतमको मुद्दामा फैसला गरेको हो ।


    बुधवार, कार्तिक २६ २०७७०५:०४:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij