Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

सेयर बजारः झिनो अंकले सुधारियो कारोबार

सेयर बजारः झिनो अंकले सुधारियो कारोबार

  • बुधवार, मंसिर ५ २०८१

  • 904
    SHARES

  • सेयर बजारः झिनो अंकले सुधारियो कारोबार

    काठमाडौं। सेयर बजारमा आज एकल अंकको सुधार आएको छ। अघिल्लो कारोबार दिन हिजो ५१ अंक बढिले घटेको सेयर बजार आज ९.०९ अंकले बढेर २७११.७५ विन्दुमा पुगेको हो।

    यसदिन आधा दर्जन बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सेन्सेटिभ इण्डेक्स ०.३४ अंकले बढेर ४७८.५० विन्दुमा अडिएको छ।

    नेप्से बढेपनि कारोबार रकम भने हिजोको तुलनामा कम भएको छ। यसदिन ३२३ स्क्रिप्सको १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर ७ अर्ब ९ करोड २८ लाख ७९ हजार ९४६ रुपैयाँमा कारोबार भयो।

    हिजो १० अर्ब ४६ करोडको सेयर कारोबार भएको थियो। नेप्से एकल अंकले बढेपनि ७ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

    कारोबारमा आएकामध्ये १४३ वटा स्टक्सको मूल्य बढ्दा ८९ वटाको घट्यो। बाँकी ११ वटाको मूल्य भने स्थिर रह्यो।


    बुधवार, मंसिर ५ २०८१०४:१६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij