Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

हङकङमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी, सात जनाको मृत्यु

हङकङमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी, सात जनाको मृत्यु

  • सोमवार, मंसिर १ २०७७

  • 1.1K
    SHARES

  • हङकङमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी, सात जनाको मृत्यु

    काठमाडौं । हङकङको याउमातेईमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेहरुमा एक बालकसहित चार पुरुष र तीन महिला रहेको बताइएको छ । तर मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको प्रहरीलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

    हङकङको समयअनुसार गएराति ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो ।

    घाइतेमध्ये १० वर्षीय बालकसहित सात जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा १७ जना घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका नागरिक रहेको जनाइएको छ ।

    हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा ठूलो आगलागी भएको प्रहरीले जनाएको छ । बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको बताइएको छ ।

    हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमातेईमा आगलागीको घटनाबाट आफू दुःखी भएको बताउँदै घाइतेको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिएकी छिन् ।


    सोमवार, मंसिर १ २०७७०४:१७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij