Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्दा ब्यूत्याउँने ओली समूहको चेतावनी

प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्दा ब्यूत्याउँने ओली समूहको चेतावनी

  • सोमवार, मंसिर १ २०७७

  • 2.3K
    SHARES

  • प्रचण्डविरुद्ध द्वन्द्वकालीन मुद्दा ब्यूत्याउँने ओली समूहको चेतावनी


    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली समर्थित नेताहरुले सत्तारुढ नेपाल कम्युनिनष्ट पार्टी नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले गत शुक्रबार पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नभए पार्टी विभाजन हुने चेतावनी दिएका छन्।

    प्रचण्डको प्रतिवेदन झुटको पुलिन्दा भएको आरोप लगाउँदै ओली समूहले त्यो फिर्ता नभए पार्टी विभाजन हुने चेतावनी दिएको हो।

    प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि दर्जनौँ गम्भीर आरोप लगाइएको छ।

    ती आरोपहरु समेटिएको प्रतिवेदन फिर्ता नभए सहकार्य गरेर अघि बढ्न नसकिने ओली समूहको चेतावनी छ।

    केपी ओलीमाथि लगाइएका आरोपहरुको पुष्टि हुने र नहुने दुवै परिस्थितिमा पार्टी विभाजन हुन सक्ने भएकोले सहकार्य गर्ने भए प्रतिवेदन फिर्ता लिनुपर्ने नेता गोकुल बाँस्कोटाले बताउनुभयो।

    प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदवनमा प्रधानमनत्री ओलीलाई राष्ट्रघाति र भ्रष्टाचारमा लिप्त भएको सम्मका आरोपहरु लगाइएको छ।

    नेता गोकुल बाँस्कोटाले राज्यका निकायहरुबाट ती आरोपहरु प्रमाणित गर्न चुनौती दिनुभयो।

    सहकार्यको बाटो परित्याग गरी केपी ओलीमाथि जाइलागे प्रचण्डविरुद्धका मुद्दाहरु समेत उत्खनन हुने चेतावनी नेता बाँस्कोटाको छ ।

    उहाँले ओलीमाथि अनावश्यक आरोपहरु लगाए द्वन्द्व अपराध लगायतको मुद्दामा प्रचण्ड लगायतका नेताहरु पनि पर्न सक्ने संकेत गर्नुभयो ।

    प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावलाई लिएर दुवै समूह आ–आफ्नै अडानमा रहेपछि नेकपा विभाजन हुने सम्भावना प्रवल रहेको विश्लेषण भइरहेको छ ।

    तर नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले अहिलेकै अवस्थामा नेकपा नफुट्ने दाबी गर्नुभयो । नेतृत्वमा रहेका र आकांक्षा राखेका सबै नेताहरु बृद्ध र अशक्त हुदै गएकाले नयाँ पार्टी निर्माण गर्न उहाँहरुले नसक्ने नेता रिजालको भनाई छ ।

    सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीको राजीनामा माग्ने आशयको राजनीतिक प्रस्ताव पेश गरेपछि त्यसको ‘काउन्टर’ कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सघन सम्वाद गरिरहनुभएको छ ।

    यसक्रममा प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, र पार्टीका नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमसँग पनि छलफल गरिसक्नुभएको छ ।

    तर यी दुई नेतासँगको छलफलका क्रममा प्रचण्डको प्रतिवेदन फिर्ता नहुने स्पष्ट संकेत पाएपछि ओली थप रणनीति बनाउन व्यस्त रहेको बालुवाटार श्रोतले जनाएको छ ।

    ओलीले सत्ता जोगाउन लिन सक्ने आगामी कदमले मुलुकको राजनीतिमा कायापलट हुने संकेतहरु देखा परेका छन् ।

     


    सोमवार, मंसिर १ २०७७०७:५०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij