काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सैन्य तालिममा संलग्न रहेको खुलेको छ ।
कोरोना भाइरस महामारीको मौका छोपेर सो समूहले पूर्व र पश्चिम नेपालका विभिन्न जिल्लाका जंगलमा गोप्य सैनिक तालिम सञ्चालन भइरहेको खुलेको हो ।
सुरक्षा निकायलाई प्राप्त जानकारीअनुसार विप्लव समूहको जनमुक्ति सेनाको गण्डक ब्युरोअन्तर्गतको सैन्य तालिम सम्पन्न भएको छ ।
एक उच्च सुरक्षा अधिकारीका अनुसार तनहुँको पहाडी क्षेत्र, सोलुखुम्बु, कालीकोट, जुम्ला, जाजरकोटमा सैन्य तालिम सम्पन्न भइसकेको छ भने डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पामा सैन्य तालिम सञ्चालन गर्ने तयारी छ ।
विप्लव समूहको सैन्य दस्तामा अधिकांश पूर्वजनमुक्ति सेनाका लडाकु रहेको बताइएको छ ।