Nov 03 2026 | २०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते
  • यो साता चर्चामा :
images
कोरोना विरुद्धको भ्याक्सिन

जनस्वास्थ्यविद् भन्छन्– नेपाल भित्र्याउने तयारी गर्न ढिलो भइसक्यो

जनस्वास्थ्यविद् भन्छन्– नेपाल भित्र्याउने तयारी गर्न ढिलो भइसक्यो

तत्काल बजेट जुटाउने तयारीमा लाग्न सरकारलाई सुझाव
  • मंगलवार, मंसिर ९ २०७७

  • 972
    SHARES

  • जनस्वास्थ्यविद् भन्छन्– नेपाल भित्र्याउने तयारी गर्न ढिलो भइसक्यो

    काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिन निर्माणमा अहिले विकसित राष्ट्रहरुको ध्यान केन्द्रित छ । अमेरिका, रुस, चीन, बेलायत, जर्मनीलगायतका देशहरुका औषधी कम्पनीहरुले निर्माण गरिरहेको खोपको क्लिनिकल ट्रायल सफल भएको रिर्पोट सार्वजनिक भइरहेका छन् ।

    कोभिडविरुद्धको खोपको क्लिनिकल ट्रायल ९० देखि ९५ प्रतिशत सफल भइरहँदा सरकारले खोप भित्र्याउनका लागि तत्काल पहल सुरु गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । कोरोना महामारी विश्वभर फैलँदा नेपालमा पनि दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गइरहेको छ । यसलाई प्रभावकारी रुपमा रोकथाम र नियन्त्रण गर्ने उपाय भनेको खोप र औषधी नै हो, जुन अहिलेसम्म बनिसकेको छैन ।

    यस्तो कहालीलाग्दो अवस्थाबीच कोरोनाविरुद्ध निर्माण गरिएका खोपले सकारात्मक नतिजासहित अन्तिम चरणको क्लिनिकल ट्रायल पास गर्दा विश्वभर आशाका किरणहरु छाएका छन् । कोभिडविरुद्धको खोप पूर्ण रुपमा बिकास भई उत्पादनको स्वीकृति पाएर कहिलेदेखि बजारमा आउन सुरु हुन्छ भन्ने आधार तय भइनसकेको भएपनि छिमेकी राष्ट्र भारत, पाकिस्तान लगायतका देशले खोप भित्र्याउनका लागि तयारी सुरु गरिसकेका छन् ।

    नेपालमा पनि कोरोनाविरुद्धको खोप भित्र्याउने तयारी गर्न धेरै ढिलो भइसकेको भन्दै सरकारले तत्काल भ्याक्सिन उत्पादन कम्पनीहरुसँग पहल थाल्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउनुहुन्छ ।

    यसैगरी, जनस्वास्थ्यविद् डा. सरद वन्तले सरकारले पहिला नीतिगत रुपमा ठोस निर्णय गर्नुपर्ने बताउनुभएको छ । भ्याक्सिन खरिदका लागि लागि धेरै चुनौती भएपनि तत्काल पहल गर्नुपर्ने र नीतिगत रुपमा सरकार प्रष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    नेपालमा खोप खरिद गर्नका लागि महत्वपूर्ण कुरा भनेको आर्थिक पाटो नै भएकाले बजेट जुटाउने तयारीमा तत्काल सरकार लाग्नुपर्ने जनस्वास्थ्यविज्ञ डा.वन्तको सुझाव छ ।

    कोरोनाविरुद्ध खोपलाई खरिद गरी समुचित व्यवस्थापन गरेर नागरिक समक्ष कसरी पु¥याउने भन्ने कुरा महत्त्वपूर्ण भएकाले यसबारेमा पनि राज्यले योजना बनाएर तत्काल अघि बढ्नुपर्ने सुझाव जनस्वास्थ्यविज्ञहरुको छ ।

    जनश्वास्थ्यविज्ञहरुले भ्याक्सिन खरिदका लागि सरकारको तयारी सुस्त रहेको बताइरहेका बेला सरकारले कोभिड विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भइरहेको बताएको छ ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताउनुभयो । भ्याक्सिनको व्यवस्थापन र सहज उपलब्धताका लागि कानून संशोधन गरेर सरकार अगाडी बढेको स्वास्थ्यमन्त्री ढकालको भनाइ छ ।

    गत बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७’ जारी गरेपछि आपतकालीन प्रयोजनका लागि जुनसुकै खोप र औषधि नेपालले कानूनी रुपमा नै प्रयोग गर्न सक्ने बाटो खुलेको छ ।

    नेपालमा करिब २ करोडभन्दा बढीलाई कोरोनाविरुद्धको खोप चाहिने अनुमान छ । त्यति मात्रामा खोप जुटाउनका लागि करिब ६० अर्बजति खर्च लाग्ने प्रारम्भिक आँकलन गरिएको छ ।


    मंगलवार, मंसिर ९ २०७७०७:४७:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij