Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भोलि दशैंको मुख्य दिन, दिनभर नै टीकाको शुभ साईत,,टीका संगै सबैमा मौसमको पनि चिन्ता

भोलि दशैंको मुख्य दिन, दिनभर नै टीकाको शुभ साईत,,टीका संगै सबैमा मौसमको पनि चिन्ता

लामो दुरीका यात्रा नगर्न मौसमविद्को आग्रह
  • बुधवार, आश्विन १५ २०८२

  • 1.2K
    SHARES

  • भोलि दशैंको मुख्य दिन, दिनभर नै टीकाको शुभ साईत,,टीका संगै सबैमा मौसमको पनि चिन्ता

    काठमाडौं । नेपालीको महान पर्व बडादशैं अन्तर्गत भोलि दशैंको मुख्य दिन, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै छ । टिकासंगै आम मानिसमा मौसमबारे पनि चासो र चिन्ता छ ।

    भोलिदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

    गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने चलन छ ।

    भोलि नेपालका लागि दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । देवी विसर्जनको साइत विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा छ ।

    धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार टीका लगाउने साईत भोलि दिनभर छ । जुनसुकै वेला पनि लगाउन सकिन्छ । दिनभर टीका लगाउन मिल्नेछ । भोलि सुरु भएको टीका पुर्णिमासम्म लगाउन मिल्ने डा गौतम बताउनुहुन्छ । विहान ११ बजेर ५३ मिनेटको साईत सुक्ष्म रहेकाले त्यहि साईतमै सवैजनाले लगाउन भ्याउन सम्भव नहुँने भन्दै टिकाको लागि दिनभर नै शुभ साईत रहेको उहाँ बताउनुहुन्छ । हाम्रो शास्त्र अनुसार टिकाको साइत नै नचाहिने तर्क पनि गौतमको छ । साईतै खोज्नेको लागि मात्रै ११ बजेर ५३ मिनेट भनिएको हो ।

    विजयादशमीको दिन भोलि टीका लगाईदिने र टीका थाप्ने मानिस कता कुन दिशामा फर्किएर बस्ने भन्नेवारे धेरैलाई चासो र जिज्ञासा पनि रहन्छ ।
    प्रा डा रामचन्द्र गौतम भोलि टीका थाप्ने मानिस पूर्व फर्कनुपर्ने र टीका लगाइदिने व्यक्ति पश्चिम फर्केर टिका लगाईदिनुपर्ने शास्त्रीय मान्यता रहेको बताउनुहुन्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।

    बडादशैं मान्यजनबाट आशिर्वाद लिने महान पर्व हो । देश, परदेश गएकाहरु टीकाकै लागि भन्दै घर घरमा पुगेका छन् । देशको पछिल्लो परिस्थितीका बावजुद पनि बच्चा देखि वृद्ध सम्मको मिलन र जमघट टीकाकै कारण यतिखेर भईरहेको छ ।
    यसपटक दशैंको टीका संगै आम सर्वसाधरणमा मौसमवारे चिन्ता छ । टिका थाप्न पहिरोको जाममा घण्टौं बिताएर गएकाहरुलाई र टाढाको यात्रा गर्नेहरुलाई मौसमवारे चिन्ता थपिएको हो ।

    यसपालि नेपालबाट मौसम वाहिरिन ढिला भएको छ । मौसम पूर्वानुमान महाशाखाले असोज १७ गते देखि भारी हुँदै अतिभारी वर्षाको सम्भावना रहेको पनि जनाएको छ ।
    मौसमविद् डेभिड ढकालका अनुसार दशैँको टीकाको दिन भोलि पनि केहिस्थानमा पानी पर्ने छ ।

    मौसमविद् ढकालले दशैंको त्रयोदशीका दिन भारी बर्षा हुने जानकारीदिनुभएको छ । आउँदो शनिवार र आइतवारका लागि तय भएका सबै लामो दुरीका यात्रा स्थगित गरी सुरक्षित बस्न पनि उहाँले आह्वान गर्नुभएको छ ।

    मौसम पूर्वानुमान महाशाखाले असोज १७, १८ र १९ गते पर्ने पानीले बाढी, पहिरो, डुबान, कटानका कारण हवाई तथा स्थल यातायातमा प्रभाव पार्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनेको हो ।

    यस्तो वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्याउने सम्भावना उच्च रहने जलवायु विज्ञहरुले पनि बताइरहेका छन् । असोजको २१ गतेसम्म पानी पर्ने संकेत देखिएको छ ।

    विशेषगरि धान काट्ने बेला अन्य बालीहरुलाई पनि बर्षाले क्षति पुर्याउन सक्ने भन्दै मौसमविद् ढकालले किसानहरुलाईयस्तो वेला धान नकाट्न आग्रह गर्दै सावधानी अपनाउन आव्हान गर्नुभएको छ ।

    नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । यस वर्ष अक्टोबर २ तारिख अर्थात् असोज १६ गते भोलि दशैँको टीका परेको छ । यसपालि नेपालबाट मनसुन बाहिरिन केही दिन ढिलाइ हुने देखिएको छ ।

    दशैंको मुख्य दिन टीकाको दिन भोलि टिका थापेपछि अन्य मान्यजनकहाँ टीका थाप्न पुर्णिमा सम्म पुग्ने चलन छ । त्यसैले पुर्णिमा सम्मै भारि बर्षाको संकेत देखिएकाले टाढाको यात्रा गर्दा मौसम सम्वन्धी जानकारी लिएर मात्र गर्नुहोला । सवैजना सतर्क रहन पनि मौसमविद्ले आग्रह गरिरहेको अवस्था छ । सतर्क रहदै दशैं मनाउनुहोस् । दशैं सवैको सुखद् रहोस शुभकामना ।।

     

     


    बुधवार, आश्विन १५ २०८२०८:०६:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij