Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा प्रदर्शन नगर्न प्रशासनको उर्दी

काठमाडौंमा प्रदर्शन नगर्न प्रशासनको उर्दी

  • मंगलवार, मंसिर १६ २०७७

  • 1.3K
    SHARES

  • काठमाडौंमा प्रदर्शन नगर्न प्रशासनको उर्दी

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको बताउँदै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । आज प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको हो ।

    पछिल्लो समय काठमाडौंमा विभिन्न माग राखी राजनैतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढिरहेको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सूचना जारी गरेको छ । भीडभाडजन्य गतिविधि सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन स्थानीय प्रशासन ऐन–२०२८ र संक्रामक रोग ऐन २०२० विपरीत हुने पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    प्रशासनको अनुरोधविपरीत सभा, सम्मेलन, जुलुस गरी भीडभाड बढाएमा स्थानीय प्रशासन ऐन, २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय काठमाडौंलगायत मुलुकका विभिन्न जिल्लामा विभिन्न माग राखेर केही समूहले प्रदर्शन गरिरहेका छन् ।

     


    मंगलवार, मंसिर १६ २०७७०१:००:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij