Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

२९ गते देशैभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

२९ गते देशैभर प्रदर्शन गर्ने कांग्रेसको निर्णय

  • शुक्रवार, मंसिर १९ २०७७

  • 1.4K
    SHARES

  • २९ गते देशैभर प्रदर्शन गर्ने  कांग्रेसको निर्णय

    काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले २९ मंसिरमा देशैभर प्रदर्शन गर्ने निर्णय गरेको छ ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकडबारे छलफल गर्न बोलाइएको पदाधिकारीहरुको बैठकले सो निर्णय गरेको हो

    पूर्व पदाधिकारीहरुसमेतको शुक्रबार बसेको बैठकले २९ गते देशैभर सडक प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी भएका नेता अर्जुनरसिंह केसीका अनुसार सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताउँदै कांग्रेसले यस्तो निर्णय गरेको हो ।

    कांग्रेस बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

    गत बुधबार तनहुँको व्यास नगरपालिका पुलको उद्घाटन गर्न पुगेका नेता पौडेलमाथि त्यहाँको जिल्ला प्रशासन कार्यालयले नै धरकपड गरेको बताइएको छ । कर्फ्यू क्षेत्र तोड्न खोजेको भन्दै नेता पौडेललाई ३ घण्टा नियन्त्रणमासमेत लिइएको थियो ।


    शुक्रवार, मंसिर १९ २०७७०६:११:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij