Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा ट्रक खस्यो, दुईजना घाइते

नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा ट्रक खस्यो, दुईजना घाइते

  • शुक्रवार, मंसिर २६ २०७७

  • 1.1K
    SHARES

  • नारायणगढ–मुग्लिन सडक खण्डको खहरे खोलामा ट्रक खस्यो, दुईजना घाइते

    काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित खहरे खोलामा ट्रक खस्दा दुईजना घाइते भएका छन् ।

    रौतहटबाट इट्टा बोकेर काठमाडौंतर्फ आउँदै गरेको प्र.२–०३.००१ ख ०७०९ नम्बरको ट्रक अनियन्त्रित भइ खहरे पुलबाट गएराति खोलामा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    दुर्घटनामा ट्रकका चालक रौतहट चन्द्रनिगाहापुर नगरपालिका २ का २६ वर्षीय साजन परियार र सहचालक २४ वर्षीय सुजन कँडेल घाइते भएका छन् । उनीहरूको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    शुक्रवार, मंसिर २६ २०७७११:२६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij