Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

किन दिए राष्ट्रिय टिमका प्रशिक्षक कालिनले राजीनामा ?

किन दिए राष्ट्रिय टिमका प्रशिक्षक कालिनले राजीनामा ?

  • शुक्रवार, मंसिर २६ २०७७

  • 1.2K
    SHARES

  • किन दिए राष्ट्रिय टिमका प्रशिक्षक कालिनले राजीनामा ?

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट राजीनामा दिएका छन् । कालिनले नोभेम्बर १ मा बुझाएको राजीनामा अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बिहीबार बसेको बैठकले स्वीकृत गरेको हो ।

    कोरोना भाइरस महामारी फैलिएसँगै कालिन आफ्नै देश स्विडेनमा नै रहँदै आएका थिए । त्यहाँबाट सरकारले युरोपबाहिर जान प्रतिबन्ध लगाएका कारण उनी पछिल्लो महिना भएको नेपालका दुई मैत्रीपूर्ण खेलको तयारीका लागि आउन पाएका थिएनन् । त्यसपछि उनीसँग एन्फाले छलफल गरेको थियो । अहिलेको अवस्थामा दुवै पक्षले सम्झौता रद्द गर्नु नै उचित निर्णय हुने ठानेका थिए । आगामी वर्षको फेब्रुअरी अन्तिमसम्म करार सम्झौता रहे पनि सहमतिमा पद छाडेपछि आफूले सेप्टेम्बरसम्म पूर्ण तलब दिँदै कालिनलाई बिदा गरेको एन्फाले जनाएको छ ।

    कालिन सन् २०१९ मार्चमा नेपालको प्रशिक्षक नियुक्त भएका थिए । कालिनको नेतृत्वमा नेपालले १२ खेल खेल्दा १ जित, ३ बराबर र ८ हारको नतिजा निकालेको थियो । उनको प्रशिक्षणमा नेपालले सबै खेल आफूभन्दा माथिल्लो वरियतामा रहेको टोलीसँग खेलेको थियो ।

    ४२ वर्षीय कालिनले यसअघि मच्छिन्द्र क्लबको प्रशिक्षण गरेका थिए । त्यसअघि उनी स्विडेनमै स्थानीय क्लबमा प्रशिक्षण गर्थे ।

    कालिनको रिक्तस्थान पूर्ति गर्न एन्फाले बालगोपाल महर्जनलाई कार्यवाहकको जिम्मेवारी दिएको छ ।

     


    शुक्रवार, मंसिर २६ २०७७१२:०२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij