Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्ध सर्वाेच्चमा परेका रिटको सुनुवाइ सुरु

संसद् विघटनविरुद्ध सर्वाेच्चमा परेका रिटको सुनुवाइ सुरु

  • बुधवार, पौष ८ २०७७

  • 1.3K
    SHARES

  • संसद् विघटनविरुद्ध सर्वाेच्चमा परेका रिटको सुनुवाइ सुरु

    काठमाडौं । संसद् विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेका रिटको सुनुवाइ सुरु भएको छ । संसद् विघटनविरुद्ध परेका १२ वटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा परेका छन् । १२ मध्ये तीनवटा रिटमाथि सुनुवाइ सुरु भएको सर्वोच्चले जनाएको छ ।

    कञ्चन न्यौपाने, अमृत खरेल र अधिवक्ता लोकेन्द्र ओलीलगायतले दर्ता गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।

    प्रधानमन्त्री केपी ओलीले यही पुस ५ मा प्रतिनिधिसभा भंग गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्न गरेको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन सदर गर्नुभएको थियो ।

    संसद् विघटन असंवैधानिक भएको दाबीसहित राष्ट्रपति र प्रधानमन्त्रीसमेतलाई विपक्षी बनाई सर्वोच्चमा एक दर्जन रिट परेका छन् ।

     


    बुधवार, पौष ८ २०७७०१:२२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij