Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक प्रतिरोध गर्ने

कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक प्रतिरोध गर्ने

  • बुधवार, पौष ८ २०७७

  • 909
    SHARES

  • कांग्रेसले प्रतिनिधि सभा विघटनविरुद्ध  राजनीतिक प्रतिरोध गर्ने

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले पुस ५ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर गर्दै राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय गरेको छ ।

    बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पुस १६ गते मेलमिलाप दिवसमा लोकतन्त्र र संविधानको हमला विरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटनले सरकार निरङ्कुशतातर्फ उन्मुख भएको देखाउने बताउनुभयो । उहाँले पार्टीले यो कदमलाई निरङ्कुश र असंवैधानिक भएको निष्कर्ष निकाल्दै प्रतिराेध गर्ने निर्णय गरेकाे जानकारी दिनुभयाे ।

    बुधबारको बैठकमा गगन थापा, रामशरण महत, आनन्द ढुङ्गाना र बलबहादुर केसीले आफ्नो भनाइ राख्नुभएको थियो । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा सबै सदस्यहरूले आ–आफ्नो धारणा राख्न नपाएपछि बुधबार पुनः बैठक बसेको हो ।


    बुधवार, पौष ८ २०७७०५:२१:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij