Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बस दुर्घटना हुँदा एक जनाको मृत्यु

बस दुर्घटना हुँदा एक जनाको मृत्यु

  • शनिवार, पौष ११ २०७७

  • 808
    SHARES

  • बस दुर्घटना हुँदा एक जनाको मृत्यु

    हेटौंडा नारायणगढ सडकखण्डअन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ५ ख ४६०९ नम्बरको यात्रुवाहक बस आफैँ अनियन्त्रित भइ बस्तीपुरमा दुर्घटना हुँदा लमजुङ सुन्दरबजार नगरपालिका–८ बस्ने ३२ वर्षीय हरि गौलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिनुभयो । सोही दुर्घटनामा परी अन्य आठ जना घाइते भएका छन्। उनीहरुको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।


    शनिवार, पौष ११ २०७७०४:२६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij