काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले मुख्यमन्त्री डोरमणि पौडेललाई हटाउँदै शाक्यलाई दलको नेता चयन गरेको हो ।
यसअघि, समुहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो । शाक्य तत्कालीन एमालेको संसदीय दलको निर्वाचनमा पौडेलसँग १० मतले पराजित हुनुभएको थियो । तर माओवादी एकीकरणपछि दलमा प्रचण्ड–माधव पक्षको बहुमत रहेको छ । सोहीअनुरुप शाक्य दलको नेता चुनिन सफल हुनुभएको हो ।