Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

दाङमा बस दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

दाङमा बस दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

  • सोमवार, पौष २० २०७७

  • 1.6K
    SHARES

  • दाङमा बस दुर्घटना हुँदा १९ जना घाइते, तीनको अवस्था गम्भीर

    शरद रेग्मी, दाङ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ना ६ ख १८१४ नम्बरको बस सोमबार ग्वारखोलाको पुल नजिकै उकालोमा अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिनुभएको छ । घाइते सबैको उद्धार गरिसकिएको उहाँको भनाइ छ ।

    घाइतेहरूको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको हातखुट्टामा चोट छ ।

    घाइते हुनेहरूमा शान्तिनगर गाउँपािलका ६ का २७ वर्षीय गणेश बुढाथोकी, शान्तिनगर ७ बस्ने २९ वर्षीय भीमप्रसाद राना, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बस्ने ३९ वर्षका झनक केसी, घोराही उपमहानगरपालिका वडा नं. १६ बस्ने ३० वर्षकी लक्ष्मी गिरी, तुलसीपुर १९ निवासी लक्ष्मी केसी, घोराही १५ बस्ने वर्ष १९ की सुरक्षा शर्मा, तुलसीपुर ४ बस्ने ३६ वर्षीय लीला कुँवर, रुकुम पूर्व पुथाउत्तर गंगा १२ बस्ने ३९ वर्षीय हेमराज पुन रहेका छन् ।

    dang.jpg

    यसैगरी, रुकुम पूर्व पुथाउत्तर गंगाका ४० वर्षीय पञ्चबहादुर पुन, तुलसीपुर ६ बस्ने वर्ष २१ की सरु बस्नेत, तुलसीपुर ५ बस्ने वर्ष ३० की सुशीला शर्मा, तुलसीपुर १६ बस्ने वर्ष ५४ को बासुदेव चौधरी, घोराही १५ का १८ वर्षकी प्रेमिका ज्ञवाली, तुलसीपुर १४ बस्ने वर्ष २७ का सुमन श्रेष्ठ, घोराही १२ का वर्ष ४१ को गोपाल पुन, घोराही– ५ बस्ने वर्ष २० का रामबहादुर पुन, तुलसीपुर ७ का वर्ष १८ का विशाल मगर, तुलसीपुर १८ का वर्ष २१ का राज केसी र तुलसीपुर ६ का वर्ष २२ का दुर्गा नेपाली रहेका छन् ।


    सोमवार, पौष २० २०७७१२:५७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij