Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कसले गरिदियो संग्रौलाको ट्विट गायब ? ट्विटमा के लेखेका थिए उनले ?

कसले गरिदियो संग्रौलाको ट्विट गायब ? ट्विटमा के लेखेका थिए उनले ?

  • मंगलवार, पौष २१ २०७७

  • 1.2K
    SHARES

  • कसले गरिदियो संग्रौलाको ट्विट गायब ? ट्विटमा के लेखेका थिए उनले ?

    काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले चीनका धनाढ्य ज्याक मा बेपत्ता भएको विषयमा आफूले गरेको ट्विट गायब भएको बताएका छन् । चीनमा नागरिक सुरक्षा र अस्मिताको हालतबारे सोमबार आफूले उठाएको विषयको ट्विट वालबाट गायब गरिएको उनको दाबी छ ।

    ‘उल्का भो ! चीनका महाधनाढ्य ज्याक मा बेपत्ता भएको प्रसङ्गमा चीनमा नागरिकको सुरक्षा र अस्मिताको हालतबारे हिजो बेलुका ट्विट गय्राथेँ’, उनले लेखेका छन्, ‘मेरो वालबाट त्यो ट्विट गायब भएछ ।’

    राजनीतिक विश्लेषकसमेत रहेका संग्रौलाले आफ्नो ट्विट गायब गर्नेबारे आफूलाई थाहा नभएको र जान्न चाहेको बताएका छन् ।
    ‘यो गायब पार्ने चिनियाँ ‘समाजवाद’ हो कि, सी विचारधाराका नेपाली अनुयायी हुन् ? कि कुनै चटके चोर हो ? थाहा चाहियो !’, उनले ट्विट डिलिट गर्नेबारे शंका गर्दै लेखेका छन् ।

    Capture.PNG

    संग्रौलाले ट्विट गायब भएको बताइरहँदा कतिपय ट्विटर प्रयोगकर्ता भने उनको पक्ष–विपक्षमा लागेका छन् ।

    कतिपयले संग्रौलाले गलत आरोप लगाएको बताएका छन् भने कतिपयले चिनियाँ ह्याकर सक्रिय रहेकाले यस्तो हुनसक्ने बताएका छन् । कतिले भने संग्रौलाले बेलुका रक्सीको नसाको सुरमा ट्विट डिलिट गरेको तर पछि थाहा नपाएकाले यस्तो लेखेको बताएका छन् ।

    ‘बेलुका दारुमा लेखेर बिहान होस् आउँदा हतार–हतार डिलिट हाने पनि हामीले सुरक्षित राखीदिएका छौं’, गायब भएको भनिएको संग्रौलाको ट्विटको स्क्रिन सट सेयर गर्दै सुरज सुवेदीले लेखेका छन् ।

    लेखक संग्रौला समसामयिक विषयमा सामाजिक सञ्जालमा खरो उत्रने गर्छन् । यसैबीच, उनले सोमबार निनियाँ धनाढ्य ज्याक बेपत्ता भएको समाचार बाहिरिएलगत्तै उनको पक्षमा समेत लेखेका थिए ।

    गायब भएको भनिएको ट्विट यस्तो थियो :

    Eq8c-BEXMAAXXkZ.jpg

     


    मंगलवार, पौष २१ २०७७१२:३४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij