Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद् पुनर्स्थापनापछि मात्रै चुनावमा जान्छौँ : डा रिजाल

संसद् पुनर्स्थापनापछि मात्रै चुनावमा जान्छौँ : डा रिजाल

  • सोमवार, पौष २७ २०७७

  • 865
    SHARES

  • संसद् पुनर्स्थापनापछि मात्रै चुनावमा जान्छौँ : डा रिजाल

    काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपालका राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई नेपाल पिताको रुपमा हेरिएको बताउनु भएको छ । पृथ्वीनारायण शाहको कारणले नै नेपालीले शिर ठाडो बनाएर हिड्न पाएको रिजालको भनाई छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा रिजालले भन्नुभयो, “प्रधानमन्त्रीले पार्टीको झगडाको कारण प्रतिनिधि सभा विघटन गर्नु भएको हो , यो कदम विरुद्ध काँग्रेस सधै लागी रहेको छ, पार्टीको केन्द्रिय कार्य समितिको निणर्य विपरित हामी जान मिल्दैन, हामी त्यहि अनुरुप नै अगाडी बढ्छौ ।”

    सर्वोच्च अदालतले पनि यो असंवैधानिक कदमलाई संवैधानिक नभन्नेमा आफू ढुक्क रहेको रिजालले बताउनु भयो । रिजालले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल विचमा मतभेद भएको भन्ने कुरा गलत रहेको दावी गर्दै दुवै नेता प्रधानमन्त्री ओलीको पक्षमा नभएको जिकीर गर्नुभयो । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि मात्रै आफूहरु विधिवत रुपमा चुनावमा जाने रिजालको भनाई छ ।

    काँग्रेस नेता रिजालले बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने बताउनु भयो । कसैले पनि बहुमतको सरकार बनाउन नसकेमा मात्रै प्रतिनिधि सभा विघटन गर्न पाउने अधिकार हुने रिजालको कथन छ ।

    अहिले सडकमा उत्रिएको नेकपा नै आधिकारिक पार्टि भएको र निर्वाचन आयोगले पनि त्यही पार्टिलाई वैधाननिकता दिने रिजालको दाबी गर्नुभयो । प्रधानमन्त्रीको असंवैधानिक कदम र निरङकुश व्यवहारको आफूहरुले सधैँ भत्सर्ना गरिरहने काँग्रेस नेता रिजालले बताउनु भयो ।


    सोमवार, पौष २७ २०७७०८:४८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij