Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगद्वारा प्रचण्ड र माधव नेपालको आग्रह ठाडै अस्वीकार

निर्वाचन आयोगद्वारा प्रचण्ड र माधव नेपालको आग्रह ठाडै अस्वीकार

  • सोमवार, पौष २७ २०७७

  • 1.4K
    SHARES

  • निर्वाचन आयोगद्वारा प्रचण्ड र माधव नेपालको आग्रह ठाडै अस्वीकार

    काठमाडौँ – निर्वाचन सम्बन्धी गतिविधि रोक्न नेकपाको प्रचण्ड नेपाल समूहले गरेको आग्रह निर्वाचन आयोगले ठाडै अस्वीकार गरेको छ ।

    प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले तत्काल निर्वाचन सम्बन्धी गतिविधि रोक्न नेकपा (प्रचण्ड–नेपाल खेमा) ले निर्वाचन आयोगसँग माग गरेको थियो ।

    नेकपाको यो खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका नेताहरुले आज निर्वाचन आयोगमै गएर यस्तो आग्रह गरेका थिए ।

    अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले निर्वाचन सम्बन्धी गतिविधि गर्दा मुद्दा प्रभावित हुने भन्दै आफूहरुले त्यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको टोलीमा सहभागी नेता लिलामणि पोखरेलले जानकारी दिनुभयो ।

    तर निर्वाचन आयोगले भने सरकारले बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरेकाले त्यस बमोजिम तयारी भइरहेको जनाएको छ । सरकारको निर्णय अनुसार आयोगले आफ्नो काम गरिरहने प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो ।

    उहाँले निर्वाचन सम्बन्धी काम रोक्नका लागि या त सरकारले नै निर्णय गर्नुपर्ने अथवा सर्वाेच्च अदालतले आदेश दिनुपर्ने बताउनुभयो । अन्यथा सरकारले मिति घोषणा गरिसकेका बेला आयोगले आफ्नो तयारी तदारुकताका साथ गरिरहने प्रवक्ता श्रेष्ठले प्रष्ट पार्नुभयो ।

    निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने तथा स्थायी प्रकृतिका मतदान केन्द्रहरुबारे काम गरिरहेको छ । यसले संसद विघटन सम्बन्धी अदालतमा विचाराधीन मुद्दा प्रभावित हुने भएकाले तत्काल रोक्न प्रचण्ड नेपाल समूहले आग्रह गरेको हो । तर आयोगले भने उक्त आग्रह ठाडै अस्वीकार गरेको हो ।

    यता कानुनविदहरुले भने निर्वाचन आयोगले तत्काल निर्वाचन सम्बन्धी काम अगाडि नबढाउन सुझाव दिएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा नै गम्भीर प्रश्न रहेकोले बैशाखमा तोकिएको निर्वाचनका लागि अहिले नै घनघोर तयारी गर्न आवश्यक नरहेको बताउनुभयो ।

    प्रचण्ड–नेपाल समूहका नेताहरुले बहुमत भएका कागजात पेश गर्दा पनि आफूहरुलाई आधिकारिकता दिन आनाकानी भएका विषयमा समेत निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।

    बहुमत रहेकाले कानुनी व्यवस्था बमोजिम नेपाल कम्युनिष्ट पार्टी नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुले पाउनुपर्ने यो खेमाको माग छ ।

    तर मुलुकमा गम्भीर संवैधानिक संकट उत्पन्न भइ राजनीतिक व्यवस्था नै खतरामा परेका बेला नेतृत्व चुनाव चिन्ह र नामका पछाडि मात्रै कुदेको भन्दै प्रचण्ड–नेपाल खेमाकै नेताहरुबाट आलोचना सुरु भएको छ ।

    नेतृ रामकुमारी झाक्रीले राजनीति बचे चुनाव चिन्ह र नाम ठूलो विषय नभएकोले अनावश्यक टाउको दुखाई नगर्न नेतृत्वलाई आग्रह गर्नुभयो ।

    गत पुष ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने कदम चालेपछि मुलुकको राजनीतिक जग हल्लिएको छ । नेकपाको एक खेमासँगै विपक्षी दलहरु ओली कदम असंवैधानिक भन्दै आन्दोलनमा छन् ।

    ओली समूह पनि प्रधानमन्त्रीको कदमको बचाउ गर्दै शक्ति प्रदर्शनमा उत्रेको छ । दलीय राजनीतिले मुलुकलाई निकास र विकास दुवै दिन नसकेका बेला राजसंस्थाका पक्षमा जनलहर उर्लदो छ ।

    पृथ्वी जयन्तीका अवसरमा देशभरका सहरमा आज निस्केका ¥याली र त्यहाँ लागेका गणतन्त्र मुदार्वादका नाराले दलहरुप्रति नागरिकमा चरम निराशा रहेको प्रष्ट पार्छ । गणतन्त्रका नायकहरु फेरि पनि नसच्चिने हो भने जनताले नलखेट्लान भन्न सकिँदैन ।


    सोमवार, पौष २७ २०७७०८:१३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij