Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आजको मौसम कस्तो रहला त ?

आजको मौसम कस्तो रहला त ?

  • मंगलवार, पौष २८ २०७७

  • 1.7K
    SHARES

  • आजको मौसम कस्तो रहला त ?

    काठमाडौं । आज प्रदेश १, २, वाग्मती र गण्डकीमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको छ ।

    अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन लागेको हो । उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

    यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईको कुहिरो भने दिउँसोपखबाट हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईमा तत्काल शीतलहरको सम्भावना भने नरहेको मौसमविद् मानन्धरले बताउनुभयो । बाँकी भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    यसैबीच काठमाडौं उपत्यकामा हिजोभन्दा आज केही न्यानो महशुस भएको छ । हिजो न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज बिहान पाँच दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।

    काठमाडांै उपत्यकामा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । आज राति प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    मौसममा हुने सामान्य परिवर्तनले देशका विभिन्न भागको न्यूनतम तापक्रम सामान्य घट्ने र तराईमा कुहिरो लाग्ने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।


    मंगलवार, पौष २८ २०७७०७:१८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij