काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय मिडियासँग आफ्नै पार्टीका नेताहरुबारे नकारात्मक टिप्पणी गरेकोप्रति राजनीतिक विश्लेषकहरुले ‘कूटनीतिक मर्यादा’ विपरितको संज्ञा दिएका छन् ।
जी न्यूज च्यानलसँग सोमबार दिएको अन्तवार्तामा प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालमाथि कटाक्ष गर्नुभएको थियो । उहाँले प्रचण्डलाई अस्थीर र अप्रजातान्त्रिक चरित्र भएको नेता भन्नुभएको छ । साथै, उहाँले प्रचण्ड र माधवकुमार नेपालका पछिल्ला गतिविधिले आफू अचम्मित भएकोसमेत बताउनुभएको छ ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपाली नेटवर्कसँग कुरा गर्दै नेपाली नेताहरुको बोल्नैशैली नभएको टिप्पणी गर्नुभयो । विगतममा पनि त नेपाली नेताहरुको शैली नै यस्तै रहेकाले हालैको ओलीको प्रचण्डमाथिको टिप्पणीलाई सामान्य रुपमा लिनुपर्ने उहाँको तर्क छ ।
‘एकले अर्कामाथि टिप्पणी गर्नु हाम्रा नेताहरुको बानी नै हो । हिजो ओलीले जे गरे यसअघि प्रचण्डले पनि भारत भ्रमणको क्रममा ओलीका बारेमा नकारात्मक टिप्पणी गरेका थिए’, उहाँले भन्नुभयो ।
राजनीतिक दलहरुमा एक अर्कामाथि आरोप–प्रत्यारोप लगाउनु सामान्य कुरा रहेको केसीको भनाइ छ ।