Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संवैधानिक इजलासमा उठ्यो ‘प्रधानमन्त्री र न्यायाधीश भेट’बारे प्रश्न : प्रधानन्यायाधीशले भने, 'त्यस्तो कुरा नगर्नुस्'

संवैधानिक इजलासमा उठ्यो ‘प्रधानमन्त्री र न्यायाधीश भेट’बारे प्रश्न : प्रधानन्यायाधीशले भने, 'त्यस्तो कुरा नगर्नुस्'

  • शुक्रवार, माघ २ २०७७

  • 954
    SHARES

  • संवैधानिक इजलासमा उठ्यो ‘प्रधानमन्त्री र न्यायाधीश भेट’बारे प्रश्न : प्रधानन्यायाधीशले भने, 'त्यस्तो कुरा नगर्नुस्'

    काठमाडौँ – संसद विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको छ।

    संसद विघटनको मुद्धामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा सांसद शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी हुन्।

    रिट निवेदकको तर्फबाट बोलेकी उनले पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ः१० बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको सुन्नमा आएको बताइन्।

    यस्तै पुस २७ गते न्यायाधीशद्वय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले १ः२० बजेदेखि २ः५५ बजेसम्म भेटेको सुन्नमा आएको भन्दै भन्दै उनले अघि भनिन्, ‘न्यायालय स्वच्छ र निश्पक्ष होस् भन्ने चाहना हो । तर यो के हो?’

    उनी बोल्दाबोल्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘त्यस्तो कुरा नगर्नुस्, भयो भयो भन्दै रोकेका थिए । तर श्रेष्ठ बोलिरहिन् । उनले अघि भनिन्, ‘यो आचार संहिता विपरित हो । जनताले न्यायाधीशहरुमाथि प्रश्न उठाओस्।’

    श्रेष्ठको दाबीअनुसार प्रधानमन्त्री ओलीले मंसिर २६ गते न्यायाधीशहरु हरिकृष्ण कार्की र सपना मल्ल तथा मंसिर २७ गते दीपककुमार कार्की र मीरा केसीलाई भेटेका थिए।


    शुक्रवार, माघ २ २०७७०५:१४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij