Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

देउवासँगको भेटबारे स्थायी कमिटिमा प्रचण्ड–नेपालको बिफ्रिङ

देउवासँगको भेटबारे स्थायी कमिटिमा प्रचण्ड–नेपालको बिफ्रिङ

  • शुक्रवार, माघ २ २०७७

  • 930
    SHARES

  • देउवासँगको भेटबारे स्थायी कमिटिमा प्रचण्ड–नेपालको बिफ्रिङ

    काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले संसद विघटनविरुद्धको आन्दोलनका कार्यक्रम फेरबदल गरेको छ।

    काठमाडौँमा माघ २३ का लागि निर्धारित विरोध प्रदर्शनलाई एक साता वर सारिएको छ । अब प्रदर्शन माघ १६ गते हुनेछ ।

    आजको स्थायी कमिटी बैठकले आन्दोलनको कार्यक्रमको मिति केही दिन अघि सारेको हो । यस्तै, बैठकमा सांगठन विस्तारका विषयमा पनि छलफल भएको छ ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटका बारेमा अध्यक्ष प्रचण्ड र माधव नेपालले स्थायी समितिमा ब्रिफिङ गरेका थिए।

    उनीहरुले स्थायी कमिटी सदस्यलाई तत्काल कांग्रेसले आन्दोलनमा साथ नदिने सुनाएका थिए ।

    यस्तै, अहिलको सरकार संसद विघटनपछि कामचलाउ भइसकेको र कुनै पनि महत्वपूर्ण निर्णय गर्न नपाउने ठह¥याएको छ ।

    अहिले सरकारले मनपरी काम गरिरहेको भन्दै बैठकले भत्र्सना गरेको छ । आजको बैठक पछि सरकारका निर्णयको भत्सना गर्दै विज्ञप्ति जारी गर्ने तयारीे छ ।

     


    शुक्रवार, माघ २ २०७७०६:०५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij