Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानमा सर्वोच्चका दुई महिला न्यायाधिशको गोली हानी हत्या

अफगानिस्तानमा सर्वोच्चका दुई महिला न्यायाधिशको गोली हानी हत्या

  • सोमवार, माघ ५ २०७७

  • 1.4K
    SHARES

  • अफगानिस्तानमा सर्वोच्चका दुई महिला न्यायाधिशको गोली हानी हत्या

    काठमाडौं । अफगानितानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधिशको गोली हानी हत्या भएको छ ।

    अदालतका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई दिएको जानकारी अनुसार दुई महिला एक बहानमार्फत् कार्यालय जाँदै थिए तब बन्दुकधारीले उनीमाथि हमला गरेका हुन् ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्नो सेना हटाउन जारी राखेका बीच पत्रकार, समाजिक कार्यकर्ता र राजनीतिक हस्तीलाई निशाना बनाइएको यो ताजा मामिला हो । अब अफगानिस्तानमा अमेरिकी सेनाको संख्या २,५०० रहेको छ ।

    अफगानिस्तानका उप–राष्ट्रपतिले यो हप्ता बीबीसीसँगको कुराकानीमा भने, ‘पहिल्यैदेखि अस्थिर देशमा अमेरिकी सेना हटेपछि थप हिंसाको आशंका छ ।’

    घटना के हो ?

    महिलामाथि बिहानै घातक हमला भएको हो । यसमा उनीहरुका ड्राइभइर पनि घाइते भए । यो घटना काबुलको कला–ए–फतुल्लाह इलाकामा भएको हो ।

    अहिलेसम्म यसको कसैले जानकारी लिएको छैन । पछिल्लो हत्याका लागि तालिबानमाथि शंका जताइएको छ तर यी चरमपन्थीले यी हत्याको कुरा स्विकारेका छैनन् । तालिबानका प्रतिनिधि तथा दोहामा अफगान सरकारबीच चलिरहेको शान्तिवार्ताका बीच यो टारगेट हत्या भएको हो । ।


    सोमवार, माघ ५ २०७७०६:३१:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij