Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सोलुखुम्बुमा टिपर दुर्घटना, तीनजनाको मृत्यु, एक घाइते

सोलुखुम्बुमा टिपर दुर्घटना, तीनजनाको मृत्यु, एक घाइते

  • सोमवार, माघ ५ २०७७

  • 820
    SHARES

  • सोलुखुम्बुमा टिपर दुर्घटना, तीनजनाको मृत्यु, एक घाइते

    काठमाडौं । सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

    आइतबार राति ११ः३० बजे बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभएको छ ।

    हेटौँडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । दूधकोशी सोलुखोला ९८६ मेगावाट० जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    सोलु जलविद्युत् आयोजना ९२३।५ मेगावाट०मा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन ९८६ मेगावाट० दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन । रासस


    सोमवार, माघ ५ २०७७०९:४९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij