Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सभामुखले संसद् विघटनविरुद्ध बहस गर्न तीन वरिष्ठ वकिल राखे

सभामुखले संसद् विघटनविरुद्ध बहस गर्न तीन वरिष्ठ वकिल राखे

  • बुधवार, माघ ७ २०७७

  • 1.5K
    SHARES

  • सभामुखले संसद् विघटनविरुद्ध बहस गर्न तीन वरिष्ठ वकिल राखे

    काठमाडौं । प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको लिखित जवाफ पठाएका सभामुख अग्निप्रसाद सापकोटाले अन्ततः प्रतिनिधिसभा विघटनविरुद्ध बहस गर्न तीन जना वरिष्ठ वकिल राख्नुभएको छ ।

    सभामुख सापकोटाले केही दिनअघि वरिष्ट अधिवक्ताहरु लवकुमार मैनाली, श्यामप्रसाद खरेल र श्रीकृष्ण सुवेदीलाई राख्नुभएको हो ।

    सभामुखले लिखित जवाफ पेस गर्दा कानुन व्यवसायी राख्ने उल्लेख गरे पनि निजी वकिल राख्ने वा नराख्ने विषयमा अन्योल नै थियो । संसद् विघटनको विषय निकै गम्भीर बन्दै गएपछि उहाँले निजी वकिल राखेको स्रोतले बतायो । स्रोतका अनुसार वकिलको संख्या अझै बढ्न पनि सक्छ ।

    सभामुखलाई विपक्षी बनाउँदैमा वकिल राख्नुपर्छ भन्ने छैन तर यो संसद् विघटनको विषय राष्ट्रिय राजनीतिसँग जोडिएको र विषय निकै गम्भीर भएकाले सभामुखलाई निजी वकिल राख्न छुट रहेको कानुनविद् बताउँछन् ।

    यो समाचार आजको नागरिक दैनिकमा छ ।


    बुधवार, माघ ७ २०७७०७:००:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij