Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल बन्द आह्वान सफल भएको विप्लवको दावी

नेपाल बन्द आह्वान सफल भएको विप्लवको दावी

  • आइतवार, माघ ११ २०७७

  • 1.1K
    SHARES

  • नेपाल बन्द आह्वान सफल भएको विप्लवको दावी

    काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेले शनिबारको नेपाल बन्द आह्वान सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

    सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल बन्द कार्यक्रम सफलतापूर्व सम्पन्न भएको जनाएका हुन् । विप्लवले नेपाल बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

    महासचिव विप्लवले विज्ञप्तिमा भन्नुभएको छ : ‘नेपाल बन्द लगायत संघर्षका कार्यक्रमहरुमा सहयोग पुर्याउनुहुने राजनीतिक पार्टी, नेता, कार्यकर्ता, यातायात व्यवसायी लगायत सम्पूर्ण संघसंसथा, बुद्धिजीवी, नागरिक अगुवा, पेसा व्यवसायी, सञ्चारकर्मी तथा सम्पूर्ण जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त प्रकट गर्दछौं ।’

    उक्त पार्टीले गत पुस २९ गते केन्द्रीय सदस्य धर्मेन्द्र बास्तोला लगायत नेता कार्यकर्ताहरुको गिरफ्तारीविरुद्ध नेपाल बन्दको आह्वान गरेको थियो ।


    आइतवार, माघ ११ २०७७०५:२३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij