काठमाडौं । नागरिक अगुवा डा.सुन्दरमणि दिक्षितले सर्वाेच्च अदालतलाई दवाव दिने काम सडकबाट भएको आरोप लगाउनु भएको छ ।
संसद विघटनविरुद्धको रिट सर्वाेच्च अदालतमा सुनुवाईको क्रम रहेकाले दाहाल–नेपाल समूहले सडक आन्दोलन गर्नु उचित नभएको डा. दिक्षितको तर्क छ ।
सर्वोच्चमा रिट हुँदा हुदैँ आन्दोलन गर्नु भनेको न्यायालयको अपमान गर्नु सरह भएको डा.दिक्षितको भनाई छ । म मरे पनि मेरो देश बाचोस भन्ने नभई मेरो कुर्सि बाँचोस भन्ने नेताको भावना भएको उहाँले आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा डा. दिक्षितले भन्नुभयो “ नेपालमा कोरोना भाइरसको नयाँ स्ट्रेन देखिसकेको छ, यस्तो अवस्थामा नेताहरुले सडकमा न सामाजिक दुरी कायम गरेका छन, न माक्स लगाएका छन, जनताको स्वास्थ्यमा खेलवाड मात्रै गरिरहेका छन्, अब म पनि सडकमा ओर्लिए भने नेताहरु र ममा केहि फरक हुदैँन, त्यसैले म कदापी सडकमा आउँदिन, कोरोनाले जनताको ज्यान गयो भने त्यसको जिम्मेवारी कस्ले लिन्छ ।”
उहाँले भारतले १० लाख डोज कोरोना खोप दिनु छिमेकीको कर्तब्य भएको बताउनुभयो । छिमेकीलाई सधै गाली गर्न नहुने बताउँदै भारतको सहयोगले आफ्नो भारत प्रतिको दृष्टीकोण परिर्वतन भएको डा. दिक्षितले बताउनुभएको छ ।