Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश : प्रधानमन्त्री

कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश : प्रधानमन्त्री

  • बुधवार, माघ १४ २०७७

  • 1.1K
    SHARES

  • कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको लडाइँ नयाँ चरणमा प्रवेश गरेको बताउनु भएको छ ।

    बुधबार बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

    प्रधानमन्त्री ओलीले सुरुवाती समयभन्दा खोपपछि कोरोनाविरुद्धको लडाइँमाथि उठाएको बताउनुभयो । उहाँले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने पनि बताउनुभएको छ । उहाँले खोप निःशुल्क उपलब्ध गराउने उल्लेख गर्नुभयो ।

    उहाँले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिए पनि सावधानी भने अपनाइरहनुपर्ने बताउनुभयो । कोरोनाविरुद्धको लडाईलाई जारी राख्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उहाँले खोपको मात्रै भर परेर अन्य कुरामा लापरवाही नगर्न आग्रहसमेत गर्नुभएको छ ।


    बुधवार, माघ १४ २०७७११:०६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij