Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

संसद् विघटनसम्बन्धि मुद्दामा आज पनि सुनुवाइ

संसद् विघटनसम्बन्धि मुद्दामा आज पनि सुनुवाइ

  • शुक्रवार, माघ १६ २०७७

  • 632
    SHARES

  • संसद् विघटनसम्बन्धि मुद्दामा आज पनि सुनुवाइ

    काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ जारी छ । निरन्तर सुनुवाइ सुरु भएपछि आज १२ औं दिन सो मुद्दामा सुनुवाइ हुँदैछ ।

    प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशले पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिसँग प्रतिनिधिसभा विघटनको लिखित कारण मागेका थिए ।

    आज नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङसहित चार जनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुँदैछ ।

    आज कृष्णभक्त पोखरेल र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित चार जनाले बहस गर्नेछन् । सर्वोच्च अदालतमा दर्ता भएको गुरुङ समूहको निवेदन आठौं हो ।

    आइतबारबाट अधिवक्ता किर्तिनाथ शर्मा पौडेल र अमिता गौतम पोखरेलको निवेदनमाथि सुनुवाइ सुरु हुनेछ ।

    संविधानमा व्यवस्था नै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको भन्दै खारेजीको माग गरेर सर्वोच्चमा १३ वटा रिट दायर भएका छन् ।

     


    शुक्रवार, माघ १६ २०७७११:४५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij